आजदेखि चलचित्र ‘प्रेमा’प्रदर्शनमा
सहयात्रा टिभी
काठमाडौं । चैत १७, आजदेखि नेपाली चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आएको जनाएको छ । प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा खड्का र सृष्टी श्रेष्ठमै केन्द्रित छ ।
गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा अभिनेता क्षेत्रीले आकाश, अभिनेत्री खड्काले प्रेमा र अभिनेत्री श्रेष्ठले निहारिकाको भूमिका निर्वाह गरेका छन् ।
अभिनेत्री खड्का र अभिनेता क्षेत्रीको समेत यो दोस्रो चलचित्र हो । उनले यसमा निर्वाह गरेको भूमिका निर्देशककै अनुसार गरिएको बताए । यसमा नयाँ र पुरानो दुवै पुस्ताको प्रतिनिधित्व गरिएको छ ।