काठमाडौं आईपुगे मिटरब्याज पीडितको अर्को टोली

सहयात्रा टिभी

काठमाडौँ । चैत २०, आफूहरुको समस्या समाधानको माग लिएर  मिटरब्याज पीडितको अर्को टोली  काठमाडौं आएको छ ।

 

यो टोलीमा झापादेखि कैलालीसम्मका मिटरब्याज पीडितको प्रतिनिधिमूलक उपस्थिति भएको दाबी पीडितहरुको छ ।

मिटरब्याज पीडितहरुको एउटा समितिसँग सरकारले ५ बुँदे सहमति गरेको २ दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएको हो ।

यो टोलीले मिटरब्याजीहरुले पीडितविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्नेलगायतका विभिन्न माग राखेका छन् । ललितपुर सानेपाको शहीद पार्कमा भेला भएका उनीहरु हिँडेर माइतीघरतर्फ जाँदैछन् ।

 

 

 

प्रकाशित : 3 April, 2023

प्रतिक्रिया दिनुहोस्