रास्वपाको तर्फीबाट स्वर्णिम वाग्लेले गरे मनोनयन दर्ता

काठमाडौँ । चैत २०, तनहुँ १ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फीबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरेको जानकारी प्राप्त भएको छ ।
नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव बाँस्तोला मनोनयनअघि मात्र रास्वपामा प्रवेश गरेका थिए । मनोनयनदर्तामा समर्थन जनाउँदै रास्वपाका सभापति रवि लामिछाने पनि तनहुँ आइपुगेका छन् ।
उनी बिहान चितवन २ मा आफ्नो उम्मेदवारी दर्ता गरेर तनहुँ आइपुगेका हुन् । १० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।