सन्दीपविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुन सकेन

सहयात्रा टिभी

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कार मुद्दामा बुधबार पनि जिल्ला अदालत काठमाडौंमा सुनुवाइ हुन सकेन ।

 

न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा तोकिएको मुद्दा पेशीमा पछाडिको क्रममा रहेकाले सुनुवाइका लागि पालो नआएको हो ।

कार्यालय समयको अन्तिम समयमा मुद्दा केहीबेर मात्रै हेर्न सकिने अवस्था रहेको अदालतका एक कर्मचारीले बताए ।

क्रिकेटर लामिछानेका कानुन व्यवसायीले केहीबेर सुनुवाइ गरेर हेर्दाहेर्दैमा राखेर निरन्तरता दिन आग्रह गरेका थिए ।

तर सरकारी वकिलले सुनुवाइ हुन नसक्ने भएपछि फेरि मुद्दाको पेशी तोकिनुपर्ने भनी इजलासको ध्यानाकर्षण गराएका थिए । यो मुद्दा अब कहिले सुनुवाइ हुन्छ भन्ने मिति तोकिएको छैन ।

 

प्रकाशित : 5 April, 2023

प्रतिक्रिया दिनुहोस्