आलोपालो मुख्यमन्त्री लिने सैद्धान्तिक सहमति भएको छ : नेता खाँण

काठमाडौँ । चैत्र २६, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनमा आबद्ध दलहरुबीच प्रदेश सरकारहरुमा आलोपालो मुख्यमन्त्री लिने सैद्धान्तिक सहमति भएको बताएका छन् ।
उपनिर्वाचन लगत्तै प्रदेश सरकारहरु पुनर्गठन हुने जनाएका छन् । जनपुरधाममा प्रेस युनियन धनुषा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा खांणले वैशाख १० को उपनिर्वाचन सकेर प्रदेश सरकार पुनर्गठन गर्ने बताएका हुन् ।
उनले राष्ट्रपति कार्यालयमा अड्किएर रहेको नागरिकता विधेयक पनि अविलम्ब प्रमाणीकरण गराएर कार्यान्वयन गर्नुपर्ने बताए ।
आफ्नै देशमा अनागरिक भएर बस्नुको पीडा लाखौं नेपालीले भोगिरहेकाले उक्त विधेयकलाई प्रमाणीकरण गराउनका लागि पहल गर्न सरकारसँग माग गरे ।