शान्तिवाटिकामा सरकारी टोली र पीडितबीच वार्ता सुरु

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २६, मिटरब्याज पीडित र सरकारी टोलीबीच वार्ता सुरु भएको जनाएको छ । काठमाडौंको शान्तिवाटिकास्थित फल्चामा सुरु भएको वार्तामा मिटरब्याज पीडितले ६ बुँदे मागपत्र पेश गरेको जनाएको छ ।

उनीहरुले मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध विभिन्न अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग राखेका छन् ।

१८ चैतमा मिटरब्याज पीडितको एक समूहसँग सरकारले पाँच बुँदे सहमति गरे पनि उक्त सहमतिले माग सम्बोधन नहुने भन्दै २० चैतदेखि फेरि अर्को समूह आन्दोलनमा छन् ।

उनीहरुसँग वार्ता गर्न गृह मन्त्रालयले सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

वार्ता टोलीमा गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेत, उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र प्रहरी उपरीक्षक दिनेशराज मैनाली छन् ।

 

 

प्रकाशित : 9 April, 2023

प्रतिक्रिया दिनुहोस्