नौ दिनसम्म चल्ने बिस्केट जात्रा आज सुरु हुँदै

सहयात्रा टिभी

भक्तपुर । चैत २७, भक्तपुरको बिस्केट (बिस्काः) जात्रा आज साँझ सुरु हुँदैछ । आठ रात नौ दिनसम्म मनाइने यो जात्रा आज सुरु हुन लागेको हो । जिब्रो छेड्ने जात्राको रुपमा पनि यो जात्रा चर्चित छ ।

सोमबार साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरुवात गरिने प्रचलन रेको छ । जसअनुसार जात्राको पहिलो दिन भैरवनाथसहित भद्रकालीको पनि रथ तानिने गरिन्छ ।

सो रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ । टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी पु‍र्‍याए पछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन रहदैँ आएको छ ।

लिच्छविकालदेखि सुरु भएको जात्रा नयाँ वर्षको अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि सुरु हुन्छ भने वैशाख ५ गते पनि भैरवनाथको नै रथ तानेर समापन गरिने प्रचलन रहेको छ ।

प्रकाशित : 10 April, 2023

प्रतिक्रिया दिनुहोस्