टीआरसी विधेयकमा सहमति जुटाउन शीर्ष नेताबीच छलफल

सहयात्रा टिभी

काठमाडौँ । चैत २८, संक्रमणकालीन न्याय निरूपण (टीआरसी) सम्बन्धी विधेयक फास्ट ट्र्याकबाट पारित गर्ने विषयमा सहमति जुटाउन अहिले प्रधानमन्त्रीसहितका शीर्ष नेताहरू छलफल गरिरहेका छन्।

सभामुख निवास बालुवाटारमा बसिरहेको बैठकमा सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतको सहभागीता रहेको छ ।

यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने पनि सहभागी छन्। यसैगरी महान्याधिवक्ता दिनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा छन् ।

यसअघि शनिबार दिउँसो सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा शीर्ष तीन दलका नेताबीच भएको छलफलमा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले टीआरसी विधेयक फास्ट ट्र्याकबाट पारित गर्न आग्रह गर्दा ओलीले अस्वीकार गरेका थिए। उक्त विधेयक संसदीय समितिमा लैजानुपर्ने ओलीको अडान छ।

प्रकाशित : 11 April, 2023

प्रतिक्रिया दिनुहोस्