खैरो हेरोइनसहित दुईजना पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । चैत २८, प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलारीगाउँ घर भएका २३ वर्षीय मदन राना र २८ वर्षीय निसान घर्ती मगर छन् ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले १ ग्राम ४८ मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । सुपप्र.०१–००९ प ३०९७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा खैरो हेरोइन भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 11 April, 2023

प्रतिक्रिया दिनुहोस्