‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन रोकियो, वैशाख १ मा रिलिज नहुने

सहयात्रा टिभी

काठमाडौं । चैत २८, फिल्म ‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन रोकिएको छ । अब यो फिल्म पूर्वनिर्धारित मिति वैशाख १ गते रिलिज हुनेछैन । समयमै सेन्सर पास नहुँदा प्रदर्शन रोकिएको वितरक मनोज राठीले जानकारी दिएका छन् ।

फिल्मलाई वैशाखभित्रै प्रदर्शन गर्ने तयारी भइरहेको जनाइएको छ । फिल्मसँग सम्बन्धित एक निर्माताको आर्थिक लेनदेनलाई लिएर चलचित्र विकास बोर्डमा उजुरी परेपछि बोर्डले विवादका कारण सेन्सर सिफारिस नदिएको हो । ‘यो समस्यालाई चाँडै समाधान गर्ने प्रयास भइरहेको छ,’ बोर्ड सदस्य रवि अधिकारीले भने । विकास आचार्य निर्देशित फिल्ममा आँचल शर्मा, आशिर्वाद क्षेत्री र अनुभव रेग्मीको शीर्ष भूमिका छ ।

प्रकाशित : 11 April, 2023

प्रतिक्रिया दिनुहोस्