आयोगद्धारा उपचुनावको पर्यवेक्षण गर्न ६ संस्थालाई अनुमति

काठमाडौँ । चैत २९, निर्वाचन आयोगद्धारा आउँदो वैशाख १० गते आइतवार हुने प्रतिनिधि सभा सदस्यको उपचुनावका लागि छ वटा संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको जनाएको छ ।
निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त गर्ने संस्थामा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासङ्घ नेपाल, विश्व उपभोक्ता महासङ्घ नेपाल, पूर्व न्यायाधीश फोरम नेपाल र राष्ट्र निर्माण मञ्च नेपाल छन् ।
यी संस्थाबाट सम्बन्धित निर्वाचन क्षेत्र खुलाई सिफारिश भई आउने पर्यवेक्षक प्रतिनिधिलाई आयोगबाट तोकिएको ढाँचामा अनुमतिपत्र दिइनेछ । हिजो मङ्गलवार बसेको आयोगले बैठकले यी छ वटा संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको जनाएको छ ।
‘