गृह मन्त्रालयद्धारा १३ एसएसपीलाई डीआईजीमा बढुवाको सिफारिस

काठमाडौँ । चैत २९, नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ ।
बुधबार बसेको बढुवा समितिको बैठकले एसएसपी कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहोरा, रविन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्यलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । मन्त्रालयको सिफारिसमाथि एक साताभित्र मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने व्यवस्था छ ।