गृहमन्त्री श्रेष्ठ र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौँ । चैत २९, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच बुधबार गृह मन्त्रालयमा भेटवार्ता भएको छ ।

भेटवार्तामा सीमामा नियमित वारपार गर्ने नागरिकले अपराधी जस्तै व्यवहारको सामना गर्नु नपरोस् भनेर दुबैपक्ष संवेदनशील हुनुपर्ने र त्यसक्रममा नेपालगंज-रुपेडिया, भैरहवा-सुनौली तथा दोधारा-चाँदनीमा ‘इन्टेग्रेटेड चेकपोस्ट’ बनाउने विषयमा समेत छलफल भएको श्रेष्ठले बताए ।

भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निकट भविष्यमा हुने भारत भ्रमण, नेपाल(भारत ऐतिहासिक सम्बन्ध, निरन्तरको सहकार्य र सीमा सुरक्षा लगायतका विषयमा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डको प्रस्तावित भारत भ्रमणको कार्यक्रम मिलाउन आफू क्रियाशील रहेको बताएका थिए । साथै श्रेष्ठलाई गृहमन्त्री जस्तो चुनौतीपूर्ण जिम्मेवारी सफलताका लागि शुभकामना पनि दिए ।

 

 

प्रकाशित : 12 April, 2023

प्रतिक्रिया दिनुहोस्