उद्योग वाणिज्य महासंघ निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा रामचन्द्रको अग्रता

सहयात्रा टिभी

काठमाडौँ । चैट्ट ३०, नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षतर्फको मतगणना सुरु भएको छ । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन्।

अहिलेसम्म ८०० मतगणना हुँदा संघईले अग्रता लिएका छन् । उनले ३७७ मत पाउँदा अञ्जनले २५५ मतका साथ पछ्याइरहेका छन्। उमेशलालले २१९ मत पाएका छन्।जिल्ला नगर, बस्तुगत र एसोसिएटतर्फका उपाध्यक्षहरुको मतगणना सकिएसँगै वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको हो ।

प्रकाशित : 13 April, 2023

प्रतिक्रिया दिनुहोस्