जनताको आशा कांग्रेसप्रति नै रहेको : प्रकाशमान सिंह

काठमाडौं । बैशाख ३, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको अभिभावक कांग्रेस भएको भन्दै कांग्रेसप्रति नै जनाताको आशा रहेको बताएका छन् ।
परिवारका सदस्य आफ्नो अभिभावकप्रति नै बढी आशावादी हुने भन्दै उनले जनताको आश पनि कांग्रेसप्रति नै रहेको बताए ।
प्रकाशमान सिंहले पार्टीभित्र देखापरेका कमीकमजोरीलाई शुद्धीकरण गर्दै जनअपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।
आज झापामा आयोजित एक कार्यक्रममा उनले आन्तरिक कमजोरी सच्याउँदै पार्टीलाई बलियो बनाउनुपर्ने र जनअपेक्षा पूरा गर्नुपर्ने बताए ।