आज राष्ट्रिय सभाको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । बैशाख ४, राष्ट्रिय सभाको बैठक बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ।

यसअघि गत बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो । उक्त स्थगित बैठक सोमबार बस्न लागेको हो ।

प्रकाशित : 17 April, 2023

प्रतिक्रिया दिनुहोस्