खर्च विवरण नबुझाउने ७४ उम्मेदवार ७ दिने स्पष्टीकरणमा

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ६, गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा उम्मेदवारी दिएका ७४ उम्मेदवारले खर्च विवरण नबुझाए पछि निर्वाचन आयोगले ताकेता गरेको छ ।

चार महिनासम्म पनि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण पेस नगरे पछि आयोगले उम्मेदवारहरूलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।

आज एक सूचना प्रकाशित गर्दै निर्वाचन आयोगले उम्मेदवार र संलग्न पार्टीको नाम नै उल्लेख गरेर समय सीमासहित निर्देशन दिएको हो । प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ३७ जना उम्मेदवारले खर्च विवरण नबुझाएको सूचनामा उल्लेख छ ।

निर्वाचन सम्पन्न भएको ३५ दिन भित्र बुझाउनु पर्ने खर्च विवरण के कारणले नबुझाएको हो ? र कारबाही किन गर्न नहुने हो ? भन्दै आयोगले सोधेको स्पष्टीकरणमा उल्लेख छ ।

प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारले खर्च विवरण पेस नगर्नुको चित्तबुझ्दो कारण पेस गर्न नसकेमा कारबाही प्रक्रियासमेत अघि बढाइने आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित : 19 April, 2023

प्रतिक्रिया दिनुहोस्