उपनिर्वाचनको मौन अवधि आज रातिदेखि, प्रचार प्रसारमा रोक

काठमाडौँ । बैशाख ७, उपनिर्वाचनको मौन अवधि आज राति सुरु हुँदै छ । वैशाख १० गते हुन गइरहेको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुन लागेको हो ।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचन प्रयोजनका लागि आज राति १२ बजेबाट प्रचारप्रसार गर्न पाइने छैन र प्रचार प्रसार गरेको पाइएमा कारबाही हुनेछ । बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।