संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाट पारित गर्ने सहमति

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ११, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाटै पारित गर्ने सहमति भएको जनाएको छ ।

संवैधानिक परिषदसम्बन्धी विधेयक पारित नहुँदा बैठक बस्न र प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न कानुनी रिक्तता रहेको जानकारी दिएको छ ।

सोमबार यस विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भएको जनाएको छ ।

त्यस क्रममा तीन शीर्ष नेताबीच संवैधानिक परिषदसम्बन्धी विधेयक पनि संसदबाटै पारित गरेर संवैधानिक परिषदको बैठक बस्न कानुनी रिक्तता अन्त्य गर्ने सहमति भएको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

तीन शीर्ष नेताबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न संसदीय विशेष समिति गठन गर्ने पनि सहमति भएको छ ।

प्रकाशित : 24 April, 2023

प्रतिक्रिया दिनुहोस्