चितवन-२ मा भारी मतान्तरका साथ रवि लामिछाने अग्र स्थानमा

सहयात्रा टिभी

चितवन । बैशाख १२, प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर -२ मा मत गणना जारी रहेको छ ।

पछिल्लो परिणामअनुसार ६२ हजार ८ सय ८० मत गनिसकिएको छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने भारी मतान्तरका साथ अगाडि छन्। उनले ४४ हजार ४ सय ८६ मत प्राप्त गरेका छन्।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार २ सय ७५ र एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार २ सय १७ मत प्राप्त गरेका छन्।

चितवन २ मा आइतबार भएको उपनिर्वाचनमा कूल ७८ हजार २ सय ७७ मत खसेको थियो। अब १५ हजार ३ सय ९७ मत मात्र गन्न बाँकी छ।

प्रकाशित : 25 April, 2023

प्रतिक्रिया दिनुहोस्