बारा २ मा करिब एक घण्टा पछि मतगणना पुनः सुरु

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १२ , बारा क्षेत्र नम्बर २मा करिब एक घण्टा पछि मतगणना पुनः सुरु भएको स्रोतले जनाएको छ ।

मतगणनामा बसेका नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरुले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि करिब एक घण्टा मतगणना रोकिएको थियो । उनीहरु चाबी लिएर आएपछि पुनः मतगणना सुरु भएको जनाएको हो ।

बारा क्षेत्र नम्बर २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, नेकपा एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवाली लगायत प्रतिस्पर्धामा छन् । हालसम्मको गणनामा अध्यक्ष यादवले अग्रता लिएका छन् ।

 

प्रकाशित : 25 April, 2023

प्रतिक्रिया दिनुहोस्