फराकिलो मतान्तरले चितवन-२ मा रवि लामिछाने विजयी

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १२ , फराकिलो मतान्तरले चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने विजयी हुनुभएको छ । उहाँले यसअघिको आफ्नै रेकर्डसमेत तोड्नु भएको हो ।

 

गएको मंसिर ४ गते भएको चुनावमा उहाँले ४९ हजार ३ सय मत ल्याएर विजयी हुनुभएको थियो भने अहिले ५४ हजार १ सय ७६ मत पाउनु भएको छ । उहाँले अहिले मंसिरमा पाएको सर्वाधिक मतको पनि रेकर्ड ब्रेक गर्नु भएको हो ।

उपचुनावमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय ५१ मत ल्याउनु भयो । यस्तै, एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ पाउनुभयो ।

 

 

प्रकाशित : 25 April, 2023

प्रतिक्रिया दिनुहोस्