रवि लामिछानेलाई प्रतिनिधि सभा सदस्य प्रमाणपत्र प्रदान

काठमाडौँ । बैशाख १२ , चितवन क्षेत्र नम्बर–२ मा भएको उपचुनावमा निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई विजयी घोषणा गरी प्रमाणपत्र प्रदान गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेलाई मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले आज मङ्गलवार दिउँसो प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभयो ।
लामिछाने ५४ हजार १ सय ७६ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय ५१ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ मत पाउनुभयो ।