फिल्म ‘अन्तिम संस्कार’ को रिलिज मिति घोषणा
सहयात्रा टिभी
काठमाडौँ । बैशाख १५, दीया पुन र विजय लामाको शीर्ष भूमिका रहेको फिल्म ‘अन्तिम संस्कार’को प्रदर्शन मिति तय भएको जानकारी प्राप्त भएको छ ।
शुक्रबार आधिकारिक पोस्टर सार्वजनिक गर्दै निर्माताले रिलिज मिति घोषणा गरेका हुन् । अब यो फिल्म असार ८ गते देशव्यापी प्रदर्शन हुने भएको छ ।
पोस्टरमा फिल्मका शीर्ष पात्रहरुलाई समेटिएको छ । दीया र विजयसहित रेश्मा घिमिरे, एवनराज उप्रेती लगायत पोस्टरमा चित्रित छन् ।
अभिनेता लामाले यो फिल्मको कथावस्तु नितान्त नयाँ रहेको बताए । निर्माता, निर्देशक र अभिनेताले समेत जोखिम मोलेर काम गरेको अनुभव उनले सुनाए ।