बेलायतका राजा चार्ल्सको आज राज्याभिषेक समारोह हुँदै
एजेन्सी । बैशाख २३, बेलायतमा शनिबार राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोह हुने भएकाे छ ।
पछिल्लो ७० वर्षमा बेलायतमा यो पहिलो राज्याभिषेक समारोह हुने भएकाे हाे । समारोहको तयारी अन्तिम चरणमा पुगेको जनाइएकाे छ । राजा चार्ल्स र रानी कन्सोर्ट वेस्टमिन्स्टर एबेमा आफ्नो शाही भ्रमणको लागि तयारी गर्ने बताइएको छ ।
वर्षाको सम्भावना भए पनि शाही यात्राको बाटोमा भीड लाग्न थालेको छ । यसलाई ध्यानमा राख्दै सेन्ट्रल लण्डनमा सुरक्षा व्यवस्था कडा पारिएकाे छ । सोही समारोहमा करिब १ सय देशका सरकार प्रमुख सहभागी हुने भएका छन् ।
नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद बेलायत पुगिसक्नुभएको छ । तर राजतन्त्रको विरोध गर्नेहरूले यस अवधिमा विरोध गर्न पनि अपिल गरेका छन् । राज्याभिषेक समारोह करिब दुई घण्टासम्म चल्ने भएकाे छ । त्यसमा २३ सय पाहुनाको उपस्थिति रहने जनाइएकाे छ । जसमा ड्युक अफ ससेक्स प्रिन्स ह्यारी पनि सामेल हुने भएका छन् ।