वर्षा सिवाकोटीको फिल्म ‘ए साथी सुन’को ट्रेलर सार्वजनिक

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २५, आगामी जेठ ५ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ए साथी सुन’को ट्रेलर सार्वजनिक भएको जनाएको छ ।

 

वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्मले सम्बन्धमा आउने उतारचढावको कथा भन्छ । प्रेम, धोका र हत्याको प्लट समावेश गरिएको ट्रेलरमा अन्य कलाकारलाई पनि चित्रण गरिएको छ ।

वर्षासहित सुशील पोखरेल, जयनन्द लामा, रमेश बानियाँ, आयन खड्का, विमला गिरी र रमेश अधिकारी पनि शीर्ष भूमिकामा देखिएका छन् । लभस्टोरी, थ्रिलर र कमेडी जनरामा निर्माण भएको यो फिल्मलाई दिवंगत अभिनेता लामाको अन्तिम फिल्म बताइएको छ । बिना कार्की र सन्तोषकुमार राईले फिल्म निर्माण गरेका हुन् ।

 

 

 

ए साथी सुन वर्षा सिवाकोटी

प्रकाशित : 8 May, 2023

प्रतिक्रिया दिनुहोस्