दिल्लीबाट सिड्नी उडेको जहाजमा टर्बुलेन्सका कारण आधा दर्जन यात्रु घाइते

सहयात्रा टिभी

काठमाडौं । जेठ ३, मंगलबार भारतको राजधानी नयाँ दिल्लीबाट अष्ट्रेलियाको सिड्नी उडेको एयर इण्डियाको जहाजमा आएको ‘गम्भीर टर्बुलेन्स’का कारण आधा दर्जन यात्रु घाइते भएको जानकारी प्राप्त भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार आकाशमा उडिरहेको समयमा हावामा आएको बदलावका कारण जहाज गम्भीर रुपमा हल्लिएको थियो । सो क्रममा यात्रुहरु घाइते भएको समाचारमा उल्लेख छ ।

भारतीय नागरिक उड्डयन महानिर्देशनालयले बुधबार यो घटनाबारे जानकारी गराएको हो । घाइते यात्रुको सिड्नी पुगेसँगै उपचार गराइएको थियो । बी७८७–८०० जहाजको उडान नम्बर एआई–३०२ उडानको जहाजमा यस्तो समस्या आएको हो ।

‘क्याबिन क्रु’ले घाइते भएका यात्रुको प्राथमिक उपचार गरेका थिए । तर, कुनै पनि यात्रुलाई अस्पताल भने भर्ना गराउनु नपरेको बताइएको छ ।

 

 

 

प्रकाशित : 17 May, 2023

प्रतिक्रिया दिनुहोस्