देउवापुत्र जयवीर र शिवानाबीच इन्गेजमेन्टको छनक
सहयात्रा टिभी
काठमाडौं । जेठ ४, कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह अहिले एकाएक चर्चामा छन् ।
इन्स्टाग्राममा उनी र एक युवती औंठी साटेर रोमान्टिक मुडमा बसिरहेको तस्वीर सार्वजनिक भएसँगै इन्गेजमेन्टको छनक भएको चर्चा उछालिएको हो ।
कभर सिंगर शिवाना श्रेष्ठ र जयवीरसिंहले औंठी साटेको तस्वीर शिवानीकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत सार्वजनिक गरेकी छन् । उनले लेखेकी छन्, ‘खुसी, विश्वासै गर्न सकिरहेको छैन ‘।’
पूर्वप्रधानमन्त्री देउवा तथा उनकी पत्नी समेत रहेकी कांग्रेस सांसद आरजु राणाले भने यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
निकट स्रोतका अनुसार केही साथीहरु र परिवारका थोरै सदस्य मात्रै बसेर औंठी साटासाट भएको हो । इन्गेजमेन्टकै छनक मिल्ने तस्वीर सेयर भए पनि औपचारिक समारोह भयो कि भएन भन्ने केही खुलेको छैन ।