गोरखपुरबाट सौगात र मलिकाको ‘अगस्त्य’को छायांकन सुरु

सहयात्रा टिभी

काठमाडौं । जेठ २३, सौगात मल्ल र मलिका महतको शीर्ष भूमिका रहने फिल्म ‘अगस्त्य’को छायांकन भारतको गोरखपुरबाट सुरु भएको छ ।

आइतबारदेखि त्यहाँको राजघाटमा छायांकन सुरु भएको निर्देशक सौरभ चौधरीले जानकारी दिए ।

अर्का अभिनेता नाजिर हुसेनले ६ दिनपछि छायांकन सेट ‘ज्वाइन’ गर्नेछन् । गोरखपुरको मुख्य बजार क्षेत्रमा २५ दिनसम्म छायांकनको योजना छ । त्यसपछि नेपालको भैरहवा, नवलपरासी र काठमाडौंमा छायांकन तालिका छ ।

 

प्रकाशित : 6 June, 2023

प्रतिक्रिया दिनुहोस्