भारतमा सर्वश्रेष्ठ आलिया ,कृति र अल्लु अर्जुनलाई फिल्म अवार्ड

सहयात्रा टिभी

काठमाडौं । भदौ ८ भारत सरकारले ६९ औं राष्ट्रिय फिल्म पुरस्कारको घोषणा गरेको छ । सन् २०२१ / २०२२ का फिल्मलाई समावेश गर्दै बिहीबार विजयी फिल्मको घोषणा गरिएको हो ।

आलिया भट्ट र कृति सेननले क्रमशः ‘गंगुबाई कठियावाडी’ र ‘मिमी’बाट सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड सेयर गरे । ‘पुष्पा स् द राइज’बाट अल्लु अर्जुनले सर्वश्रेष्ठ अभिनेताको सर्वश्रेष्ठ प्राप्त गरे ।

‘रकेट्री स् द नामिबी इफेक्ट’ सर्वश्रेष्ठ कथानक फिल्म घोषित भयो । सर्वश्रेष्ठ डेब्यु निर्देशकको अवार्ड फिल्म ‘मेप्पडियन’ले प्राप्त गर्‍यो । ‘आरआरआर’ सर्वश्रेष्ठ लोकप्रिय फिल्म घोषित हुँदा ‘द कश्मीर फाइल्स’लाई राष्ट्रिय अखण्डता कायम गर्न योगदान दिएको भन्दै नर्गिस दत्त अवार्ड प्रदान गरियो ।

फिल्म ‘अनुनाद’ सर्वश्रेष्ठ सामाजिक फिल्म घोषित भयो । वातावरण संरक्षणतर्फ ‘आवासाव्यूहम’ सर्वश्रेष्ठ घोषित भयो । ‘गान्धी एण्ड को’ उत्कृष्ट बाल फिल्म, ‘गोदावरी’बाट निखिल महाजन सर्वश्रेष्ठ निर्देशक घोषित भए ।

‘शेरशाह’ले स्पेसल जुरी अवार्ड प्राप्त गरे । आरआरआरले उत्कृष्ट नृत्य निर्देशन, भिजुअल इफेक्ट र द्वन्द्व निर्देशनको विधा जित्यो । यसबाहेक विभिन्न राज्यका फिल्मलाई पनि राष्ट्रिय अवार्ड प्रदान गरियो ।

 

प्रकाशित : 25 August, 2023

प्रतिक्रिया दिनुहोस्