पाथिभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा झडप

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २३, पूर्वको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा झडप भएको छ ।

केबरकार बनाउन दिने र नदिने पक्षमा रहेकाहरुबीच शुक्रबार झडप भएको हो । केबलकार निर्माणका लागि राखिएको शिलान्यास कार्यक्रमलाई अर्को पक्षले बिथोल्न खोज्दा झडप भएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो ।

त्यसका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायत कार्यक्रमस्थल पुगेका थिए ।

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङका अनुसार, दुई पक्षबीच विवाद हुने स्थिति देखिएपछि प्रहरी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

स्थानीयका अनुसार, अहिले पनि त्यहाँ तनावको स्थिति छ । थप विवरण आउन बाँकी छ ।

 

प्रकाशित : 8 November, 2024

प्रतिक्रिया दिनुहोस्