बालगायक सचिन परियारको अस्पतालमा निधन

सहयात्रा टिभी

काठमाडौं । पुस १८, सामाजिक सञ्जालमा निकै लोकप्रिय बालगायक सचिन परियारको निधन भएको छ ।

गुल्मी घर भएका परियारको आज महाराजगञ्जको शिक्षण अस्पतालमा निधन भएको सचिनका बुबा तेजेन्द्र परियारले जानकारी दिनुभएको छ ।

गाउँले शैलीमा बोल्ने र गीत गाउने सचिन विशेष गरेर सामाजिक सञ्जालमा निकै लोकप्रिय थिए । उनले केही म्युजिक भिडियो र टेलिशृङ्खलामा अभिनयसमेत गरेका थिए ।

गुल्मीबाट पढाउन भनेर विभिन्न सङ्घ–संस्थाले सचिनलाई काठमाण्डौ ल्याएका थिए । उनको पढाइ र उपचारका लागि भनेर लाखौं रुपैयाँ उठेको थियो । तर त्यो पैसा सचिनको पढाइ र उपचारमा नभई परिवारले फजुल खर्च गरेको भन्दै पछिल्लो समय आलोचना पनि भएको थियो ।

 

प्रकाशित : 2 January, 2025

प्रतिक्रिया दिनुहोस्