कर्णाली प्रदेश सरकारका दर्जनौँ बहुवर्षीय आयोजना अलपत्र

सहयात्रा टिभी

काठमाडौं । माघ ७, ठेकदार कम्पनीको लापर्वाहीका कारण कर्णाली प्रदेश सरकारका दर्जनौँ बहुवर्षीय आयोजना अलपत्र परेका छन् ।

प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका ३३ ठूला आयोजनाको काम ठेकेदारहरुको लापर्वाहीले अलपत्र परेका हुन् ।

मन्त्रालयका अनुसार सुर्खेतका सात, दैलेखका र जाजरकोटका पाँच/पाँच कालीकोट तथा मुगुका चार/चार आयोजना अलपत्र अवस्थामा छन् ।

यस्तै, सल्यान र रुकुम पश्चिमका दुई/दुई वटा बहुवर्षीय योजना ठेकेदारको लापर्वाहीका कारण अलपत्र रहेको मन्त्रालयका सूचना अधिकारी एवं सिनियर इन्जिनीयर प्रवीण कार्कीले जानकारी दिए । उनका अनुसार जुम्ला र डोल्पामा एक/एक आयोजना अलपत्र अवस्थामा छन् ।

२०८१ मङ्सिर २३ गते यो ठेक्काको अन्तिम भाका रहेकामा म्याद सकिएको छ । यहाँ बस्तीस्तरको विवाद रहेको भन्दै काम अगाडि बढ्न नसकी अलपत्र अवस्थामा छ । यो आयोजनाको वित्तीय प्रगति ३६ प्रतिशत मात्रै छ ।

जाजरकोटको छेडा थलह सानाखोला जाँदे जुम्ला सडकको ३० किलोमिटर सडक निर्माणका लागि २०७८ माघ २५ गते १५ करोड ५२ लाख ५१ हजारको सम्झौता भए पनि हालसम्म निर्माण व्यवसायी अमर सिस्ने जेभीले १० प्रतिशत मात्र काम गरेको छ । २०८२ पुस ४ गतेसम्म म्याद रहेको यो आयोजनाको कामको गति निकै ढिलाइ भएको छ ।

 

प्रकाशित : 20 January, 2025

प्रतिक्रिया दिनुहोस्