गायिका एलिनाद्धारा अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर

सहयात्रा टिभी

काठमाडौं । माघ १८, गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् ।

पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको स्रोतले जनाएको छ । ‘अंश हकदावी विनै पनि सम्बन्ध विच्छेद भएमात्र पुग्ने भन्दै उहाँले आज फिराद पत्र दायर गर्नुभएको अदालत स्रोतले जानकारी दिएको छ ।

एलिना र विष्णुबीच वैशाख पहिलो साता विवाह भएको थियो । अदालतमा मुद्दा दायर गर्नुअघि  एलिना र विष्णुबीच केहि खटपटकोे चर्चा सामाजिक संजालका फैलिएको थियो । एलिना केही दिनदेखि कानून व्यवसायीसँगको परामर्शमा थिइन् । विष्णु भने अहिले अस्ट्रेलियामा छन् ।

 

प्रकाशित : 31 January, 2025

प्रतिक्रिया दिनुहोस्