रूखबिरुवा ठुटै बनाउँदा पोखरा महानगर मौन बसेको भन्दै आलोचना

काठमाडौँ । फागुन ८, कोटिहोम सञ्चालन गर्ने भन्दै मानव सेवा फाउन्डेसनले पोखराका सडक चौताराका ऐतिहासिक महत्वका वरपीपल ठुटै बनाएपछि अहिले यो विषय पेचिलो बनेको छ ।
हाँगाबिंगा समेत नरहने गरी फाउन्डेसनले रूखबिरुवा काटेपछि विवाद अदालतसम्म पुगेको छ । रूखबिरुवा ठुटै बनाउँदा पनि मौन बसेको भन्दै पोखरा महानगरपालिकाको पनि आलोचना भएको छ ।
वातावरण संरक्षणकर्मी सहितका सरोकारवालाहरु गैरकानुनी रूपमा रूखबिरुवा काटिएको भन्दै फाउन्डेसनलाई कारबाही गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।
त्यसपछि मात्र काटिएका काठदाउरा जफत गर्दै माघ २० गते बसेको ४२औं कार्यपालिका बैठकले आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, कास्कीलाई लेखिपठाउने निर्णय गरेको थियो ।