रुकुमपूर्वको मध्यपहाडी लोकमार्ग सडकखण्ड हिमपातले अवरुद्ध

सहयात्रा टिभी

काठमाडौँ । फागुन १६, हिमाली जिल्ला रुकुमपूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडकखण्ड अवरुद्ध भएको छ ।

गएराति परेको हिमपातले उक्त सडकखण्डलाई अवरुद्ध भएको हो । रुकुमपूर्व र बागलुङको सीमा क्षेत्र अनतर्गत पर्ने सो सडकमा बाक्लो हिउँ जम्दा लामो दूरी भएर आउजाउमा समस्या भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख राम औंतार चौधरीको अनुसार सडकमा हिउँ परेसँगै सवारी साधनहरूको आवागमनमा समस्या भएको छ ।

विहान केही सवारी साधन आफ्नो गन्तव्यमा जान कोसिस गरे पनि हिउँ परिरहेकाले अहिले सवारी साधनहरू रोकिएको चौधरीले जानकारी दिए ।

बर्सेनि यो सडकखण्डमा हिमपातका कारण अवरोध हुने गरेको छ। हरेक वर्षको हिउँदयाममा यो खण्ड हिउँका कारण बन्द हुँदा सवारी साधनसहित यात्रुहरूलाई समस्या हुने गरेको छ।

 

 

 

प्रकाशित : 28 February, 2025

प्रतिक्रिया दिनुहोस्