महाशिवरात्रिका अवसरमा आएका साधुलाई आज कोषद्धारा बिदाइ

सहयात्रा टिभी

काठमाडौँ । फागुन १६, महाशिवरात्रिका अवसरमा आएका साधु सन्तहरूलाई पशुपति क्षेत्र विकास कोषले आज बिदाइ गरेको छ ।

भारतलगायत विभिन्न देशबाट आएका तीन हजार जनाभन्दा धेरै साधु सन्तलाई कोषले आज एक कार्यक्रमका बीच बाटो खर्चसहित बिदाइ गरेको हो ।

बिदाइका क्रममा कोषले साधु सन्तलाई खर्चसहित रुद्राक्षको माला पनि लगाइदिएको छ । कोषले साधु सन्तहरूलाई श्रेणाीमा छुट्याएको विभिन्न रङ्गको कार्ड दिएको थियो ।

महाशिवरात्रि मेलामा आएका साधु सन्तहरूलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले बिदाइ गर्ने परम्परा छ । कोषले साधु सन्तहरूलाई आज दिउँसोसम्मको खाना र आवासको व्यवस्था गरेको थियो ।

यस वर्षको महाशिवरात्रि अस्ति बुधवार परेको थियो ।

प्रकाशित : 28 February, 2025

प्रतिक्रिया दिनुहोस्