मधेश शहीद प्रतिष्ठानका सदस्य मधेश भवनभित्रै मृत भेटिए

सहयात्रा टिभी

काठमाडौँ । फागुन २०, मधेश शहीद प्रतिष्ठानका सदस्य मधेश भवनभित्रै रहेको आवासमा मृत फेला परेका छन् । सदस्य नरेश यादव आज बिहान आफ्नै ओछ्यानमा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार बिहान ७ बजे आफ्नै ओछ्यानमा यादव मृत फेला परेका हुन् । उनले त्यहाँ बान्ता गरेको भेटिएको छ । मृत्युको कारण भने नखुलेको डिएसपी सिंहले बताए ।

शव बिहानै पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ । घटना बारेमा थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपश्चात उनको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित : 4 March, 2025

प्रतिक्रिया दिनुहोस्