छतमा मर्मतको काम गर्दागर्दै संसद् भवनबाट खसे कामदार

काठमाडौं । असार ८, संघीय संसद् भवन, नयाँबानेश्वरमा रहेको क्यान्टिन माथिको छतबाट एक जना कामदार खसेका छन् ।
ती कामदार छतमा मर्मतको काम गर्दागर्दै केहीबेर अघि खसेका हुन् । उनलाई अहिले सिभिल अस्पतालमा उपचारका लागि लगिएको संसद् भवन परिसरका एक सुरक्षाकर्मीले जानकारी दिए ।
उनको कुहिना र गोडामा चोट लागेको छ । फल्स सिलिङ भाँचिएर काम गर्दागर्दै उनी लडेका हुन् ।