डोल्पामा लेदो सहित खसेको पहिरोले ५५ घरधुरीमा क्षति

सहयात्रा टिभी

काठमाडौं । असार १३,  डोल्पा लेदो सहित खसेको पहिरोले ५५ घरधुरीमा क्षतिकाठमाडौं । असार १३, डोल्पामा पहिरोले ५५ घरधुरीमा क्षति पुर्‍याएको छ ।

बिहीबार राति करिब साढे १२ बजेको समयमा काईके गाउँपालिका-४ रिवा गाउँमा पहिरो खसेको हो ।

गाउँभन्दा करिब ५०० मिटर माथिबाट लेदो सहित खसेको पहिरोले तीन वटा घर पूर्णरूपमा, १२ वटा घर आंशिक रूपमा र ४० वटा घरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारीले जानकारी दिए ।

पहिरोबाट करिब १ करोड ७३ लाख मूल्य बराबरको धनमाल क्षति भएको उनले बताए ।

पहिरोले काईके गाउँपालिका-४ का २१ वर्षीय मनराज बिक, ३२ वर्षीय सुरेन्द्र बिक र ५० वर्षीय धनलाल बिकको घर पूर्ण रूपमा क्षति पुगेको उनले बताए । प्रारम्भिक अनुसन्धान अनुसार तीनैजनाको घरमा पूर्णक्षति पुग्दा करिब ३६ लाख मूल्य बराबरको क्षति पुगेको उनले बताए ।

आंशिक रूपमा १२ वटा घरहरूमा क्षति पुग्दा ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ भने सामान्य रूपमा ४० वटा घरमा क्षति पुग्दा करिब ९८ लाख रुपैयाँ बराबरको क्षति पुगेको उनले बताए ।

यसैगरी पहिरोले एक विद्यालयमा समेत क्षति पुर्‍याएको छ । पहिरोले रिवा गाउँस्थित पुथा आधारभूत विद्यालय भवन पूर्ण रूपमा क्षति पुगेको उनले बताए ।

उनका अनुसार पहिरोले विद्यालयमा रहेका कम्प्युटर, फोटोकपी मेसिन, सीसीटीभी लगायतमा पनि क्षति पुगेको छ । पहिरोबाट विद्यालयमा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए ।

बुढामगरका अनुसार घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारका लागि खटिएको उनले बताए ।

 

 

प्रकाशित : 27 June, 2025

प्रतिक्रिया दिनुहोस्