विदेशीको नक्कल गर्दा नेपालमा विकास हुन नसकेको: प्रचण्ड

सहयात्रा टिभी

काठमाडौं । साउन ३०, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशीको नक्कल गर्दा नेपालमा मौलिक विकास हुन नसकेको बताएका छन् ।

उनले सिर्जनात्मक ढंगले सम्भावनाको सदुपयोग गर्न सके देश आत्मनिर्भर बन्न ढिलो नहुने पनि बताए ।

भक्तपुरको चाँगुनारायणलाई एभोकाडो सिटीको रुपमा विकास गर्ने अभियानको आज समापन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले सो धारणा राखेका हुन् ।

उनले विदेशीको नक्कल गर्नुको साटो स्थानीय स्रोत, साधनको सदुपयोग गर्दै अभियान अघि बढाए मौलिक विकासको मोडेलसहितको देशमा बन्ने बताए ।

भक्तपुरको चाँगुनारायण नगरपालिकालाई एभोकाडो शहरको रुपमा विकास गर्ने उद्देश्यले गत साउन एक गतेदेखि अभियान सुरु भएको थियो ।

यो अभियानको प्रत्येक घरपरिवारलाई एभोकाडो फलका २ वटा बिरुवा निस्शुल्क प्रदान गरिएको थियो । यो अभियानलाई ३ वर्षसम्म सञ्चालन गरी चाँगुनारायणलाई एभोकाडो सिटीको पहिचान दिने लक्ष्य रहेको अभियानका संयोजक नरेश खड्काले बताए । हाल नेपालको धनकुटालाई एभोकाडोको राजधानी भनेर चिनिन्छ ।

 

प्रकाशित : 15 August, 2025

प्रतिक्रिया दिनुहोस्