प्रधानमन्त्री ओली र भारतीय विदेश सचिवबीच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौं । भदौ १, दुईदिने भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका भारतीय विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी आइतबार बिहान काठमाडौं ओर्लिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त शिष्टाचार भेटका क्रममा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी हित प्रवर्द्धन र साझा चासोका विषयमा केन्द्रित रहेर कुराकानी भएको जानकारी दिइएको छ ।

सोमबार पशुपतिनाथको दर्शन गरेर भारत फर्किने कार्यक्रम तय गरेका मिश्री आजै सबै महत्वपूर्ण भेटवार्ता गर्नेछन् । मिश्री यही भदौ ३१ गते हुने प्रधानमन्त्री ओलीको तयारीको लागि काठमाडौं आएका हुन् । आज हुने भेटवार्ताहरूमा भ्रमणका एजेन्डाका विषयमा पनि छलफल हुनेछ ।

प्रकाशित : 17 August, 2025

प्रतिक्रिया दिनुहोस्