साना देशहरूलाई हेप्ने प्रवृति विरुद्धमा हामी जनुपर्छ : एमाले सांसद भट्टराई

काठमाडौं । भदौ ६, नेकपा एमालेका सांसद गोपाल भट्टराईले साना देशहरूलाई हेप्ने प्रवृतिविरुद्ध नेपाल रहनुपर्ने बताएका छन् ।
शुक्रबार राष्ट्रियसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले चीन र भारतले नेपालको भूमि लिपुलेकलाई व्यापारिक नाका बनाउने गरी सम्झौता गरेको स्मरण गरे ।
‘उनीहरूको खासगरी साना देहरूलाई हेप्ने प्रवृति छ त्यो प्रवृतिको विरुद्धमा हामी जनुपर्छ,’ सांसद भट्टराईले भने ।
पहिले पनि दुई देशले सम्झौता गरेको र नेपालले कुटनीतिक नोट पठाएको उनले बताए । पहिले देखि नै नेपालको भूमिमा भारतले सेना राख्ने काम समेत गर्दै आएको उनले बताए ।
प्रधानमन्त्रीको भ्रमणमा यो विषय उठाउनुपर्ने र समाधान गर्ने गरी अगाडि बढ्नुपर्ने उनको आग्रह छ ।