पशुपतिमा एक महिला मृत फेला

सहयात्रा टिभी

काठमाडौं । भदौ १२,  काठमाडौं महानगरपालिका–८ पशुपतिमा एक महिला मृत भेटिएकी छिन् ।

पशुपति आर्यघाट नजिकैको सत्तलमा अन्दाजी ४५ वर्ष जतिकी महिला मृत फेला परेकी हुन् ।

मृत भेटिएकी महिलाको अहिलेसम्म नामथर खुल्न सकेको छैन । आज बिहीबार बिहान मृत भेटिएकी महिलाको परिचय नखुलेकाले थप अनुसन्धानको काममा असहज भएको प्रहरीले बताएको छ ।

प्रकाशित : 28 August, 2025

प्रतिक्रिया दिनुहोस्