राप्रपाका असन्तुष्ट पक्षको भेलाले मलमास सकिएपछि नयाँ दल गठन गर्ने

सहयात्रा टिभी

काठमाडौं । जेठ १९ , राप्रपाका असन्तुष्ट नेताहरूको बैठक आज बसेको छ । धवल शमशेर राणाको नेतृत्वमा बसेको असन्तुष्ट पक्षको भेलाले मलमास सकिएपछि नयाँ दल गठन गर्ने निर्णय गरेको छ ।

उक्त बैठकमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पनि सहभागी भएका थिए । राणा र प्रसाईंले सँगै दल गठन गरेर अघि बढ्ने विषयमा संवाद गरेका हुन् ।

राप्रपाका महामन्त्रीसमेत रहेका राणाले जेठ १७ गते पार्टी परित्यागको घोषणा गर्दै नयाँ अभियान घोषणा गरिएको बताएका थिए ।

उनले राप्रपालाई जनभावना अनुकूल अघि बढाउने प्रयास गर्दा विरोधाभास र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिँड्ने हिँडाउने क्रम नरोकिएको भनेका छन् ।

 

 

प्रकाशित : 2 June, 2026

प्रतिक्रिया दिनुहोस्