कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । जेठ २० , नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने समितिका सचिव दिनेश थापामगरले जानकारी दिए ।

बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ । समितिका सबै सदस्यहरूलाई बैठकमा सहभागी हुन अनुरोध गरिएको छ ।

प्रकाशित : 4 June, 2026

प्रतिक्रिया दिनुहोस्