भारत जाने टिकट देखाएका व्यक्ति दुबई पुगेपछि दुई कर्मचारी पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । जेठ २५, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई कर्मचारी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई कर्मचारीलाई आइतबार पक्राउ गरेको हो ।

 

अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ पर्नेमा सुमीत्रा चन्द र प्रवीण लामिछाने छन् । उनीहरू दुवै जना करारका ग्राउण्ड ह्याण्डलिङ स्टाफ हुन् ।

उनीहरुले पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । भारतको इन्डिगो एयरको उडान भएका एक भारतीय यात्रु भारत जान अध्यागमन जाँचपास भएर वेटिङ रुममा पुगेका थिए ।

त्यहाँ पुगेपछि वायुसेवा निगमका कर्मचारी चन्दले फ्लाई दुबईबाट दुबई जाने बोर्डिङ पास दिएको भेटिएको हो ।

त्यसपछि ती यात्रु दुबई पुगेको भेटिएको अध्यामगन स्रोतले बतायो । नेपालबाट तेस्रो मुलुक जानुपरे भारतीय नागरिकले नो अब्जेक्शन सर्टिफिकेट (एनओसी) पेस गर्नुपर्छ ।

त्यसपछि उनीहरु अनुसन्धानमा तानिएका हुन् । अध्यागमन विभागले यसबारे प्रहरीलाई पत्राचार गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

 

प्रकाशित : 8 June, 2026

प्रतिक्रिया दिनुहोस्