अर्थमन्त्री डा. वाग्लेले हेप्ने गरी बोलेको भनेर छानबिन गर्न नेकपाको माग

सहयात्रा टिभी

काठमाडौँ । जेठ २९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ ।

आजको प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै पूर्वअर्थमन्त्री पुनले संसदलाई हेप्ने गरी वाग्लेले अभिव्यक्ति दिएको भन्दै छानबिनको माग गरेका हुन् ।

पुराना दलले ६७ वटा हेरफेर गरेकोमा मैले ७ वटामा हेरफेर गरेँ भन्ने हिसाबले मन्त्री वाग्लेले बोलेको भन्दै आपत्ती जनाए । यो विषय उठाउने सांसदहरुलाई मन्त्री वाग्लेले पुराना काण्डको फाइल खोल्ने धम्की दिएको भन्दै यो आपत्तीजनक भएको बताए ।

पूर्वअर्थमन्त्री पुनले यो विषय आजको लेखा समिति बैठकमा पनि उठाएका थिए । उनले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले हेप्ने गरी बोलेको भनेर ध्यानाकर्षण गराएका थिए ।

 

 

 

प्रकाशित : 12 June, 2026

प्रतिक्रिया दिनुहोस्