के हो ? कन्जनटिभाइटिस संक्रमण

सहयात्रा टिभी

काठमाडौँ । साउन १७, हिजो आज महामारीको रुपमा आखा पाक्ने रोगको संक्रमण फैलिएको छ ।

यस्ले बालबालीका र बृद्ध बृद्धामा धेरे देखिएको छ । दुसित हावामा यसको भाइरस फैलिने हुनाले यसले सजिलै आक्रमण गर्ने आखा विषेसज्ञको मान्यता रहेको छ । आज आखा पाक्ने रोग र त्यसको बारे केहि चर्चा गरौं ।

आखाको कन्जनटाइमा नामक पारदर्शी झिल्ली सुन्निनुलाई आखा पाक्ने रोग (conjunctivitis virus) भनिन्छ । यो रोग विशेषत: व्याक्टेरीया र भाइरसको संक्रमण तथा एलर्जीले हुन्छ । तर वर्षातको समयमा सजिलै फैलिने संक्रमण भाइरसले गर्दा हुन्छ ।

यसका लक्षण

आखा रातो हुने ।

उज्यालोमा बस्न नसक्ने ।

आखा बाट आशु वगिरहने ।

मन्द मन्द टाउको र घाटी दुख्ने ।

आखामा फोहोर परेर विझए जसरी विझाउने ।

कसै कसैका चिप्रा आउने , विहान उठ्दा आखाको ढकनी एक आपसमा टासिने ।

यसको उपचार

आफु खुसी जथा भावि औषधि प्रयोग नगर्ने ।

समय समयमा सफ पानिले आखा सफा गरी वरफले सेक्ने गरीरहनु पर्छ ।

आखाको सम्बन्धित चिकित्सक वा आखा अस्पतालमा गएर जाच गरी मात्र औषधिको प्रयोग गर्नुपर्छ ।

यसको रोकथाम आखा पाकेको व्यक्तिहरु भिडभाडमा नजाने । विद्यालय जाने बालबालीका भए विद्यालय नजाने घरैमा आराम गर्ने । बारम्बार हातले आखा नछुने, आखा छोए पछि साबुन पानिले  हात धुने । यदि contact lens को प्रयोग गरिरहेको भए प्रयोग नगर्ने ।

प्रकाशित : 2 August, 2023

प्रतिक्रिया दिनुहोस्