चिकित्सकहरुले आज पनि काठमाडौंमा प्रदर्शन जारी

सहयात्रा टिभी

काठमाडौँ । असोज ११, कार्यस्थलमा सुरक्षाको माग गर्दै चिकित्सकहरुले काठमाडौंमा बिहीबार पनि प्रदर्शन जारी गरेका छन् ।

उनीहरुले नयाँबानेश्वर–माइतीघर सडकखण्डमा प्रदर्शन गरेका हुन् ।

बबरमहल तर्फबाट आएको चिकित्सकहरुको भीड नयाँबानेश्वर चोकतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । निषेधित क्षेत्रभित्र प्रवेश गर्न नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

चिकित्सकहरुले भने आफूहरुको प्रदर्शन शान्तिपूर्ण रहेको भन्दै अगाडि बढ्न दिन माग गरेका थिए । तर प्रहरीले निषेधित क्षेत्रभित्र प्रवेश गर्न नदिने भन्दै उनीहरुलाई रोक्यो । त्यसक्रममा चिकित्सकहरुले ‘प्रहरी दमन बन्द गर’ भन्दै नारा लगाएका थिए ।

अस्पतालहरुमा चिकित्सकहरुमाथि हातपात हुन थालेपछि आवासीय चिकित्सकहले केही दिनयता काठमाडौंमा विरोध प्रदर्शन गर्दै आएका छन् । बीच सडकमै विरोध प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित हुने गरेको छ ।

 

 

प्रकाशित : 28 September, 2023

प्रतिक्रिया दिनुहोस्